दिगो विकासको लक्ष्यमा पुग्न गुणस्तरीय शिक्षा आवश्यक छ : उपाध्यक्ष शाही

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले दिगो विकासको लक्ष्यमा पुग्न गुणस्तरी शिक्षा पहिलो आवश्कता रहेको बताएका छन् । मंगलबार सुर्खेतमा भएको कर्णाली प्रदेशस्तरीय युवा सञ्जालको बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहीले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अथितिसमेत रहेका शाहीले कर्णाली प्रदेश हरेक सम्भावना बोकेको एक प्रदेश भएको भन्दै जिविकोपाजर्न, जैविक विविधता संरक्षणलगायत हरेक परिवर्तनका क्षेत्रमा युवाहरु जागरुक भएर लाग्नुपर्ने बताए ।

वातावरण संरक्षण, उद्यमशिलता र समृद्धिको सुनिश्चितता युवाको काँधमा रहेको भएता पनि राजनीति दलले स्वार्थअनुसार युवाहरुलाई परिचालन गर्दा समाजीक कामहरु उद्योगतामा लागेको शाहीले बताए ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालद्वारा सञ्चालित ग्रामिण हिमाली क्षेत्रमा दिगो जिविकोपार्जन तथा जैविक विविधता संरक्षण (सुलभ) परियोजनाको उद्देश्य नै वातावरणको संरक्षण गर्ने र युवाहरुलाई प्रोप्तसाहित गर्ने भएकाले यसको लक्ष्य अनुसार युवा परिचालन हुन सक्नुपर्ने पनि उनले बताए ।

कार्यक्रमका विषेश अथिति गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज घनश्याम केसीले राजनीतिक अधिकारका लागि भन्दै युवालाई चुनाव र आन्दोलनसँग मात्र जोडेर हेर्दा आगामी नेतृत्व असक्षम हुने बताए ।

उनले हामी सबै सामाजिक अभियान्ताले युवाहरुलाई राजनीतिक अधिकारसँगै उत्पादन र सेवामुलक क्षेत्रमा उर्जा खर्चिन लगाउनुपर्ने जिकिर गरे । इन्चार्ज केसीले कणालीजस्तो क्षेत्रका युवाहरुले आफ्नो समस्या अर्थात प्रदेशको विषयवस्तु निर्धक्कका साथ राख्न सक्ने क्षमताको विकास गरेकोमा मानव अधिकार तथा विवावरण विकास केन्द्र कालिकोटलाई धन्यवाद दिँदै यस्ता युवा लक्षित कार्यक्रमहरु विकट प्रदेशमा आवश्यक रहेकाले यसलाइ निरन्तरता दिनुपर्ने बताए ।

टि. डि. एच जर्मनीको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालद्वारा सञ्चालित ग्रामीण हिमाली क्षेत्रमा दिगो जिविकोपार्जन तथा जैविक विविधता संरक्षण (सुलभ) परियोजनाको आयोजनाका सुर्खेतको गोठीकाँडामा भएको प्रदेशस्तरीय युवा सञ्जलाको बैठक तथा अन्तरक्रिया कार्यक्रमको बारेमा जानकारी दिँदै संस्थाका उपाध्यक्ष विरेन्द्रबहादुर बुढाले जैविक विविधताको संरक्षण र संवद्र्धनसँगै जलवायु परिवर्तनका नकारात्मक असरलाई कम गराउने जिम्मा युवाहरुकै हातमा रहेको बताए ।

बुढाले यो कार्यक्रम तथा यस्ताखाले भेलाहरु जिल्ला, प्रदेश र केन्द्रमा प्रत्येक वर्षमा एक पटक हुने गरेको भन्दै हुरेन्डेक कालिकोटले अधिकारको क्षेत्रसँगै विभिन्न पूर्वाधार निमार्णका क्षेत्रमा पनि संस्थाले काम गरेको बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष हरिप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टाराई, हुरेन्डेक कालिकोटका कार्यक्रम निर्देशक भरतमणि सुवेदी, लेखा तथा प्रशासन अधिकृत प्रेमबहादुर शाही, शुलभ परियोजनाका परियोजना संयोजक सुमन ढकाल, संस्थाद्वारा सञ्चालित विभिन्न कार्यक्रमका संयोजक, प्रदेशका १० वटै जिल्लाका युवाहरुलगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

नेपाल युवा सञ्जालका कर्णाली प्रदेश संयोजक तथा केन्द्रिय उपाध्यक्ष दिलिप कुमार शाहीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रम बिहीबारसम्म सञ्चालन हुने अयोजक संस्थाले जनाएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया