कालिकोट । सदमुकाम मान्मको प्रतिमाचोकदेखि २ किलोमिटर टाढा रहेको पर्यटकीयस्थल हो कोटदबार । राजा मलेबम्ब बसेको ठाउँलाई हाल कोटदरबार भनेर चिन्ने गरिन्छ ।
कालिकोट जिल्लामा रहेका अन्य पर्यटकीयस्थल जस्तै कोटदबार क्षेत्रलाई पनि महत्वपूर्ण पर्यटकीयस्थलको रुपमा चिन्न सकिन्छ । दशैँ–तिहार, नयाँ वर्षलगायतका अन्य चाडपर्वहरुमा यहाँ थुप्रै मानीसहरु घुम्न आउने गर्दछन् ।
आन्तरिक तथा बाह्य पर्यटकहरु कालिकोट पुगेपछि कोटदरबार क्षेत्रमा पुगेर रमाइलो गर्ने गर्दछन् । तर, बिडम्बना यस्तो छ की कुनै संरचना नै छैन । नत खानेपानीसम्मको व्यवस्था नै छ । घुम्न आउने पर्यटकहरुले खानेकुरादेखि अन्य आवश्यक सामग्री लिएर कोटदरबार क्षेत्रमा पुग्ने गर्दछन् ।
स्थानीय सरकार तथा प्रदेश सरकारबाट बेलाबखत रकम विनियोजन गरेपनि हालसम्म पर्यटकीयस्थलको विकास निर्माणमा भने खासै विकास भएको देखिँदैन । २०७४ पछिको स्थानीय तह खाँडाचक्र नगरपालिकाले कोटदरबार क्षेत्र संरक्षणका लागि ग्याविन तार, ३ वटा प्रतिक्षालय, धारो र सालिक राख्नका लागि आवश्यक काम गरेपनि हाल सबै संरचनाहरु संरक्षणको अभावमा छन् ।
विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले कोटदरबार क्षेत्रमा वृक्षारोपण गरेपनि हालसम्म कुनै विरुवाहरु जाग्न सकिरहेका छैनन् । कोटदबार क्षेत्र कहिले चरिचन बन्ने गरेको छ त कहिले फोहोरको थुप्रो बन्ने गरेको छ ।
कालिकाेट
प्रतिक्रिया