राष्ट्रिय युवा संघको केन्द्रिय सदस्यमा मिनराज शाही मनोनित

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट राष्टिय युवा संघको केन्द्रिय सदस्य मिनराज शाही मनोनित भएका छन् । कालिकोट जिल्ला शुभकालिका गाउँपालिका– ४ निवासी शाही केन्द्रिय सदस्यमा भएका हुन् ।

नेपालगञ्जको बाँकेमा भएको राष्ट्रिय युवा संघको ९औँ महाधिवेशनले शाहीलाई सो पदमा चएन गरेको हो । विगत लामो समयदेखि नेकपा एमालोमा रही विभिन्न तवरबाट साथ सहयोग तथा हौसला र पार्टीको नीति विधानमा रही पार्टीको हितका लागि काम गरेका शाहीलाई यस पटक राष्ट्रिय युवा संघको केन्द्रिय सदस्यमा मनोनित गरिएको हो ।

पार्टीलाई विजयी गराउन तथा पार्टीलाई बलियो बनाउन विभिन्न आन्दोलन तथा पार्टीका अन्य कार्यमा शाही सक्रिय हुँदै आएका थिए । शाहीले आगामी दिनमा पनि पार्टीको हितमा काम गरेर, पार्टी तथा संगठनलाई बलियो बनाउन लागिपर्ने शाहीले बताएका छन् ।

कालिकोट जिल्लाको बिकट बस्ती शुभकालिका गाउँपालिका साविक सुकाटिया गाबिस वडा नम्बर १ ठानामा जन्मेका शाहीले हाल समाजसेवा गर्दै आएका छन् । विकास निर्माणका कामदेखि समाजिक क्रियाकलापमा पनि शाही सक्रिय छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया