पाँचथरमा छैठौँ चौँरी महोत्सव हुने

पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका– ४ स्थित चाररातेमा आगामी चैत्र ३० गतेदेखि छैठौंँ चौंरी पर्यटन महोत्सव आयोजना हुने भएको छ ।

फालेलुङ गाउँपालिका मूख्य आयोजक, फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रवर्द्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजंघा चौरी पालन तथा संरक्षण संस्था आयोजक रही महोत्सव सञ्चालन गर्न लागिएको हो ।

आयोजक संस्थाले सोमबार फिदिममा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवबारे जानकारी गराएको छ । आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने महोत्सवमा चौँरी र यसका उत्पादन, सांस्कृतिक झाँकीको प्रदर्शन र फुटबल खेलसमेत आयोजना गरिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया