रूकुममा ९ कठ्ठा जमिनमा लगाइएको अफिम खेती नष्ट

रूकुम पश्चिम । ईलाका प्रहरी कार्यालय आठबिसकोटले ९ कठ्ठा जमिनमा लगाइएको अफिम खेती नष्ट गरेको छ । आठबिसकोट नगरपालिका १३ स्थित हम्पामा नौ कट्ठा जमिनमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।

जिल्लाको आठबिसकोट नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयको नेतृत्वमा सो नगरपालिका १३ का विभिन्न स्थानमालगाइएको अवैध अफिम खेती पूर्णरुपमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीले जानकारी दिए। ईप्रका आठबिसकोटबाट सुवेदीको कमाण्डमा खटिएको प्रहरी टोलिले शनिवार अफिम खेति नष्ट गरेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख सुवेदीले कानुनले प्रतिबन्ध लगाएको अफिम खेती नष्ट गर्न प्रहरीले अभियान चलाएको र यस वारेमा थप अनुसन्धान गर्नेकाम भइरहेको बताए । पालिकाका विभिन्न भागहरुमा अवैध रुपले लगाइएका सबै गाजा खेती नष्ट गर्ने आफूहरुको अभियान रहेको रयसमा जनताले सहयोग गर्नुपर्ने प्रहरी प्रमुख सुवेदीले बताए ।

उनले प्रहरीले घरेलु मदिरा नियन्त्रण, अवैध गाजा खेती नष्ट,जुवातास नियन्त्रण तथा न्याय र शान्तिसुरक्षामा नकरात्मक असर पार्ने सवैप्रकारका गतिविधिविरुद्ध प्रहरी र जनता को सहकार्यले अपराध र असुरक्षा घटाउन मदत गर्ने उनको भनाइ छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया