सामसुङले बजारमा ल्यायो नयाँ ग्यालेक्सी ए५४ ५जी र ए३४ ५जी स्मार्ट फोन

काठमाडाैं । सामसुङले नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी स्मार्ट फोन बजारमा ल्याएको छ । ए –सिरिजका यी दुई स्मार्ट फोन अद्भुत क्यामरा र अरु धेरै विशेषताहरूका लागि परिचित छन् । कम्पनीका अनुसार यी दुवै फोन धेरै समयसम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषताहरूले गर्दा ग्राहकहरूका लागि पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ ।

सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘हामी नयाँ सामसुङ ग्यालेक्सी ए३४ र ए५४लाई प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएका छौँ । यी फोनहरूले अतुलनीय मोबाइलको अनुभव दिलाउन स्लिक डिजाइन र अत्याधुनिक प्रविधि दुवै छन् । यी उपकरणहरूमा हाम्रो चिरपरिचित ग्यालेक्सी डिजाइन र नाइटोग्राफीजस्ता प्रमुख विशेषताहरू छन्, जसले ग्राहकहरूलाई कम प्रकाशको अवस्थामा पनि तीक्ष्ण फोटो र भिडियोहरू खिच्न मद्दत गर्दछ । यो उत्कृष्टताको अनुभूति वर्षौं वर्षसम्म आईपी६७ रेटिङ र गोरिल्ला ग्लास ५ को संरक्षणसहित ओएस अपग्रेडहरूको ४ पुस्ता र ५ वर्षे सुरक्षा अद्यावधिकरूका साथ टिकिरहन सक्नेछ ।’

ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जीमा फ्लोटिङ्ग क्यामराका साथसाथै मोबाइलको रङसँग मिल्ने मेटल क्यामरा डेकोको सुविधा पनि छ । ग्यालेक्सी ए– सिरिजमै पहिलोपटक ए५४ ५जीमा यसलाई प्रिमियम बनावट र अनुभव दिलाउने ग्लास ब्याक विशेषता जडित छ । ग्यालेक्सी ए५४ ५जी ३ रङहरू कालो, हरियो र बैजनी रङमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ ५जी पनि कालो, हरियो र सिल्भर गरी ३ रङहरूमा उपलब्ध छ ।

ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जीको निर्माण लामो समयसम्म टिक्ने गरी गरिएको छ । यी मोबाइलहरू ३० मिनेटसम्म एक मिटर पानीमा डुब्दा पनि क्षति नहुने खालका छन्, जसका लागि यसले आईपी६७ रेटिङ पाएको छ । यसका साथै अझै बलियो बनाउनका लागि यी मोबाइललाई धुलो र बालुवा प्रतिरोधक पनि बनाइएका छन् । यी दुवै मोबाइलहरूका डिस्प्ले कर्निङ गोरिल्ला ग्लास ५ संरक्षणका साथ उपलब्ध छन्, जसले कोरिन दिँदैन र खस्दा पनि फुट्ने सम्भावना रहन्न । ग्यालेक्सी ए५४ ५जीको पछाडिको भागमा पनि गोरिल्ला ग्लास ५ संरक्षण जडित छ ।

ग्यालेक्सी ए५४ ५जी ५० एमपी ओआईएस प्राइमरी लेन्ससहित १२ एमपीको अल्ट्रा वाइड लेन्सद्वारा सुसज्जित छ भने ए३४ मा ४८ एमपी ओआईएस प्राइमरी लेन्स र ८ एमपीको अल्ट्रा वाइड लेन्स रहेको छ । ब्लर–लेस नाइट फोटो/भिडियोले पहिलेका फोनहरूको दाँजोमा १.६ गुना व्यापक ओआईएससँग फोटोको स्थिरतालाई बढाइदिन्छ र भिडियोको स्थिरता पनि ४ गुनासम्म बढाइदिन्छ, यसैले प्रयोगकर्ताहरूले अन्धकारमा पनि स्पष्ट रूपमा फोटो/भिडियो खिच्न सक्नेछन् ।

प्रयोगकर्ताहरूले अब कम प्रकाशको सेटिङमा समेत छिटो फोकस गर्न सक्ने ‘१००% अल पिक्सेल अटो फोकस’का साथमा तीक्ष्ण न्यून प्रकाश सट लिन सक्नेछन् । ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जी दुवै अटो फ्रेमिङका साथ उपलब्ध छन्, जसले भिडियो रेकर्डिङको दौरानमा हरेकपटक स्थिर र ५ जनासम्मलाई एकसाथ जुम गर्न र दृश्यको कोण स्वतः समायोजन गरिदिन्छ । दुवै मोडलहरूमा ५ एमपीको माइक्रो लेन्स पनि जडान गरिएका छन् । फ्ल्यागसिप सिरिजहरूमा अति नै मनपराइएको नाइटोग्राफि विशेषता ग्यालेक्सी ए५४ ५जी र ग्यालेकसी ए३४ ५जीमा समावेश गरेर अझ बढी पहुँचयोग्य बनाइएको छ । यसले प्रयोगकर्ताहरूलाई कम प्रकाशमा पनि तेजिलो फोटो तथा भिडियोहरू खिच्न सजिलो बनाइदिन्छ । फोनहरूमा अटो नाइट मोड पनि छ, जसले न्यून प्रकाशको अवस्थालाई स्वचालित रुपमा समायोजित गरिदिन्छ, यसले गर्दा प्रयोगकर्ताले म्यनुअल्ली क्यामराको मोड बदल्ने कार्य गर्नुपर्दैन ।

ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जीको डिजाइन प्रयोगकर्ताको मनोरञ्जनप्रद अनुभव बढाउने गरी गरिएको छ । दुवै डिभाइसहरूको डिस्प्लेमा सुपर एमोलेड प्रविधि र न्यून गरिएका प्रवणित धारहरूका साथमा जीवन्त रङहरूको विशेषता रहेका छन् । १२० हर्जको रिफ्रेस दर भएका दुवै उपकरणहरूमा तीव्र गतिको चालमा पनि एक एक दृश्य परिवर्तनहरूलाई अविश्वसनीय रुपमा सहजता प्रदान गर्दछ । यसका अतिरिक्त समायोजित रिफ्रेस दरले ब्याट्रीको प्रभावकारिता अधिकतम गरिदिन्छ, जब कि भिजन बुस्टरले चहकिलो घामको प्रकाशमा पनि दृश्यावलोकन वृद्धि गरिदिन्छ । प्रयोगकर्ताको आँखाको संरक्षणका लागि क्वीक प्यानलमा आइ कम्फर्ट सील्ड पनि राखिएको छ ।

ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जीको ध्वनि क्षमतामा समेत सुधार गरिएको छ, जसका लागि यसमा सुधारिएको ठूलो आवाज, गहन बेस संरक्षण र डल्बी निर्मित स्टेरियो स्पीकरहरू राखिएका छन् । यसले गर्दा श्रवणको अनुभव एक उत्कृष्ट ढँगको हुनेछ । ५००० एमएएच ब्याट्री जडित ग्यालेक्सी ए५४ ५जी र ग्यालेकसी ए३४ ५जी २ दिनभन्दा बढीसम्म एक पटककै चार्जबाट चलायमान हुन सक्छ । ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जीमा ह्याप्टिक प्रतिक्रिया तथा विस्तारयोग्य भर्चुअल मेमोरीद्वारा अझ सुधार गरिएको हुँदा यसको पर्फरमेन्स क्षमता झनै बढेको छ । दुवै डिभाइसहरूमा एउटा अतिरिक्त माइक्रो एसडी कार्डसहित १ टीबीसम्म क्षमता विस्तार गर्न मिल्ने स्टोरेज क्षमता रहेको छ ।

ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जीले सामसुङको डिफेन्स ग्रेड सुरक्षा प्लेटफर्म नक्सका साथमा सुरक्षाको सुनिश्चित्ता दिन्छ, जसले तपाईंको व्यक्तिगत डाटालाई सोही समयमा सुरक्षा दिन्छ । ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस स्तरोन्नतिहरूको ग्यारेन्टी पनि दिइएको छ, यसले यी मोबाइलहरू अव्द्यावधिक भइरहने र सुरक्षित रहने सुनिश्चित्ता प्रदान गर्दछ ।

पछिल्लो ए–सिरिज लन्चकोमा, सामसङले पहिलो पटक २५६ जीबी मेमोरी भेरियन्टलाई ६० हजार रुपैयाँ मूल्य तोकिएको छ । दुवै ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जी दुईवटा मेमोरी प्रकारहरूमा उपलब्ध छन्, जसमध्ये ग्यालेक्सी ए५४ ५जीको ८ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएकोलाई ५६ हजार ९ सय ९९ रुपैयाँ पर्छ भने ८ जीबी र्‍याम र २५६ जीबी आन्तरिक स्टोरेज क्षमता भएको मूल्य ५९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, ए३४ ५जीको ८ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएकोको मूल्य ४५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यस फोनमा माइक्रो एसडी कार्डको प्रयोगमार्फत १ टीबीसम्मको आन्तरिक मेमोरी बढाउन सकिनेछ ।

प्रतिक्रिया