सांग्रिला डेभलपमेन्ट बैंकमा ६ जना संचालक निर्विरोध निर्वाचित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार लैनचौरमा सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ०६ लाख ६९ हजार ६ सय ६२ रुपैयाँको ८.५३४ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम १ करोड ३५ लाख २२ हजार २ सय १३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाइएको छ ।

साथै, आर्थिक वर्ष ०७८/७९ को वित्तीय विवरण पारित समेत गरेको बैंकले बताएको छ ।साधारण सभा मार्फत तपसिल बमोजिम संस्थापक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ६ जना संचालक निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

बैंकका अनुसार संस्थापक समूहमा उज्जवल सत्याल, सुजन सिद्धि बज्राचार्य र सुशिल काजी बानियाँ, सर्वसाधारण समूहमा गंगा सागर ढकाल र लिसा शेरचन र नरेश ढुंङगाना रहेका छन् ।

प्रतिक्रिया