चितवन–२ मा एमालेबाट रामप्रसाद न्यौपानेको एकल सिफारिस

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको उमेदवारका लागि नेकपा (एमाले) बाट रामप्रसाद न्यौपानेको एकल सिफारिस भएको छ ।

चितवन जिल्ला अध्यक्ष समेत रहेका न्यौपानेलाई जिल्ला कमिटीले एकल सिफारिस गरेको हो । चितवन–२ को उमेदवारका लागि एमालेका नेताहरू देवी ज्ञवाली, विजय सुवेदी लगायतको पनि चर्चा थियो ।

न्यौपाने मंसिर ४ को निर्वाचनमा क्षेत्र नम्बर ३ बाट उमेदवारी दिएका थिए । तर, नेपाली कांग्रेस छाडेर स्वतन्त्र उमेदवार बनेका दिनेश कोइरालालाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएका थिए ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि शनिबार केन्द्रीय सचिवालय बैठक बसेर उमेदवार छान्ने एमालेको तयारी छ ।

प्रतिक्रिया