फागुन १ काे सार्वजनिक बिदा क्यालेण्डरबाट हटाउँछौँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिइएको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले अबदेखि वार्षिक क्यालेण्डरका रुपमा रहनेगरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रुपमा राखिए क्यालेण्डरबाट हटाउने चेतावनी दिए ।

गत फागुन १ गते सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको थियो । सरकारले दिएको बिदाप्रति ओलीले कटाक्ष गरेका हुन् । माओवादी घटकहरुले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने गर्दछन् ।

अध्यक्ष ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने पनि बताए । उनले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने बताए।

प्रतिक्रिया