कालिकोटमा शुक्रबारदेखि एसईई परीक्षा हुने, ३ हजारभन्दा बढी विद्यार्थी सहभागी

कालिकोट । देशभर जस्तै कालिकोटमा पनि शुक्रबारदेखि एसईई परीक्षा सुरुहुने भएको छ । जिल्लाभर ३ हजार,७ सय ६६ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

कालिकोट जिल्लाका ९ वटा स्थानीय तहमा २१ वटा परीक्षा केन्द्र रहेको शिक्षा विकास तथा समन्वय इकाई कालिकोटका निमित्त प्रमुख प्रकाशचन्द्र धिताले जानकारी दिए । धितालका अनुसार कालिकोट जिल्लाभर छात्रातर्फ १ हजार ८ सय ५७ र छात्र १ हजार ९ सय ९ जना रहेका छन् ।

नियमिततर्फ (साधारण) धारमा जम्मा ३ हजार ७ सय ३ जना, नियमिततर्फ (प्राविधिक) धारमा १८ जना र ग्रेड वृद्धितर्फ ४५ जना रहेको धिताले बताए । कालिकोट जिल्लाका ९ वटा स्थानीय तहमा रहेका परीक्षा केन्द्रमा प्रश्नपत्रसहित अन्य तयारीका कार्य सम्पन्न भइसकेको निमित्त प्रमुख धितालले जानकारी दिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया