बारा २ मा लाेसपाबाट राजेन्द्र महतो उम्मेदवार

काठमाडौं । बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट राजेन्द्र महतो उठ्ने भएका छन् । बिहीबार काठमाडौंमा बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले बारा २ को उपनिर्वाचनमा महतोलाई उठाउने सर्वसम्मत निर्णय गरेको हो ।

महतो सम्भवत शुक्रबार नै चुनावी तयारीका लागि बारा २ मा पुग्ने भएका छन् । उनी मंसिर ४ को निर्वाचनमा सर्लाही २ माओवादीका उम्मेदवार महिन्द्र राय यादवसँग पराजित भएका थिए ।

बारा २ मै सीके राउत नेतृत्वको जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने भएका छन् । मंसिर ४ को निर्वाचनमा माओवादी केन्द्रबाट उठेर जसपाका रामसहायप्रसाद यावदसँग ३५४ मतको झिनो अन्तरले पराजित भएका थिए ।

बारा २ बाट निर्वाचित रामसहाय गत चैत ३ गते भएको उपराष्ट्रपति निर्वाचनमा विजयी भएसँगै बारा २ को प्रतिनिधिसभा सिट अहिले खाली छ ।

प्रतिक्रिया