प्रधानमन्त्रीले मिटरब्याजी पीडितलाई भेट्न ढिला गर्न हुँदैन : शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन् ।

बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी पीडितहरुलाई भेट्न ढिलो गर्न नहुने बताएका हुन् ।

उनले मिटरब्याजी पीडितहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अबिलम्ब भेट गर्न आग्रह गरेका हुन् ।

महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरुको मुद्दा सम्बोधनको प्रक्रिया सुरु हुनु रहेको बताए ।

प्रतिक्रिया