कुँवर नयाँ आइजिपी

काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आइजिपी)मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले एआइजी कुँवरलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो । कुँवरसहित पाँच जना आइजिपी बन्ने होडमा थिए । दुई दिनअघि मात्र उनीहरूले एआइजीको फुली लगाएका थिए । कुँवरले ०८१ चैतसम्म नेपाल प्रहरीको आइजिपी सम्हाल्नेछन् ।

हालका आइजिपी धीरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् । उनीसहित नौ जना उच्च प्रहरी अधिकारीले एक साथ अवकाश पाउन लागेका हुन् । सिंह गत वैशाखको तेस्रो साता आइजिपी बनेका थिए ।

एसएसपीबाट डिआइजी बढुवा हुने क्रममा छलाङ मारेका थिए । उनी गत असारमा एसएसपीबाट पहिलो नम्बरमा डिआइजीमा बढुवा भएका थिए ।
सरकारले एआइजीमा बढुवा गर्दा वरीयता हेरफेर नगरी कुँवरलाई पहिलो नम्बरमा राखेको थियो ।

त्यसअघि एसएसपीमा कुँवर १३औँ नम्बरमा रहेका थिए । कुँवरका दाइ बाबुराम नेपाली कांग्रेस नेतृत्वको सरकारका बेला महान्यायधिवक्ता रहेका थिए । ०२६ चैत १५ गते जन्मिएका कुँवर ०५१ चैतमा प्रहरी निरिक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया