थप १४ सहकारी संस्था कालोसूचीमा (सूचीसहित)

काठमाडौं । १४ सहकारी संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको फागुन महिनाको ३० गतेदेखि चैत्र महिनाको १० गतेसम्म १४ सहकारी संस्था कालोसूचीमा परेका हुन् ।

केन्द्रका अनुसार कालोसूची पर्ने सहकारीहरूमा एकता समूह बचत तथा ऋण सहकारी संस्था, उत्तम सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, तुलसी बहुमुखी सहकारी संस्था, शिखरचुली सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र पञ्चरुपा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ रहेका छन् ।

त्यसैगरी केन्द्रले राम्चेदेवी बचत तथा ऋण सहकारी संस्था, गोल्डेन रोज सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, सूर्यपुञ्ज सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, महिला चालक बचत तथा ऋण सहकारी संस्था, ओम मिथिला बचत तथा ऋण सहकारी, सिन्धु प्रगतिशिल कृषि सहकारी संस्था, जनसेवा बचत तथा ऋण सहकारी, जेष्ट सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ र सुप्रिम सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई पनि कालोसूचीमा राखेको छ ।

यसअघि गत फागुन महिनाको २९ गतेसम्म पनि १४ वटा सहकारी कालोसूचीमा परेका थिए ।

प्रतिक्रिया