आजबाट अवकाशमा जादै आईजीपी सिंहसहितका आठ प्रहरी अधिकारी

काठमाडाैं । प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसहित आठ जना प्रहरी अधिकारीले आज अनिवार्य अवकाश पाउने भएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल बहादुर थापा, उत्तम सुवेदी, दिवेश लोहनीले अनिवार्य अवकाश पाउन लागेका हुन् ।

त्यस्तै तीन जना डीआईजी र दुई जना एसएसपीले अनिवार्य अवकाश पाउन लागेका हुन् । डीआईजीहरू मोहन आर्चाय, नलप्रसाद उपाध्याय र मसाद आलम खाँले पनि अवकाश पाउँदै छन् ।

त्यस्तै एसएसपी जनक पाण्डे र उमाशंकर पन्जियारले पनि अवकाश पाउने भएका छन् । उनीहरू प्रहरी सेवाको ३० वर्षे सेवाहदको कारण अवकाश पाउन लागेका हुन् । उनीहरू ११ चैत २०४९ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया