कसरी बढाउने निकासी ब्यापार ?

डा.सुमनकुमार रेग्मी

सस्तो तर स्तरीय प्रकारले आन्तरिक मागको आपूर्ति गराउनुपर्छ । बढी मात्रामा विदेशी मुद्रा आर्जन हुने गरी स्तरीय निकासी बढाउनुपर्छ । देशको शोधनान्तर स्थितिलाई सुव्यवस्थित गर्ने दृढ लक्ष्य लिन चुक्नु हुन्न । उदार तथा गतिशील व्यापार नीतिको भावना अघि बढाउनुपर्छ । नेपालको व्यापार नीति र नेपाल एकीकृत व्यापार नीति २०७३ मा अवलम्बन गरिएका प्रावधानहरू धेरै नै बस्तुनिष्ठ छन् । आन्तरिक खपत र निकासी गरिने किसिमका सामान र सेवाहरूको स्तरीय रूपले उत्पादन बढाउन केन्द्रित हुनुपर्छ । छिमेकी देशहरूमा निकासी बढाउन विशेष प्रयत्न गर्नुपर्छ ।

प्रविधिको द्रुततर विकास तथा प्रसारले विश्वको आर्थिक संरचना तथा सोचाइमा निकै नै परिवर्तन ल्याएको छ । सञ्चार, यातायात, कृषि तथा उद्योग र सेवामा विकास गराएर अन्तर्राष्ट्रिय व्यापारमा अभिवृद्धि ल्याइएको छ । आर्थिक समृद्धिका लागि नेपालले पनि यस प्रक्रियामा आफू सहभागी बन्नेतर्फ पाईला चाल्नुपर्दछ । यसका लागि उदार र लचिलो आर्थिक संरचना अपनाउनु जरुरी छ । गतिशील आर्थिक नीति नै देश विकासको साधन हो । नेपाललाई त भौगोलिक वाध्यताले यस्तो नीतिको औचित्व अझ बढी स्पष्ट पार्दछ । वास्तवमा अन्य कतिपय मुलुकहरूमा जस्तै नेपालमा पनि आर्थिक स्वतन्त्रता प्राप्त गर्ने गरी देशलाई आत्मनिर्भर पार्ने किसिमको विकास कार्यनीतिले विकासमा खास गति ल्याउन सकेको छैन ।

पहिले आयात विस्थापन नीतिअन्तर्गत उच्च संरक्षणभित्र औद्योगीकरण गर्दा प्रतिस्पर्धात्मक अर्थतन्त्रको विकास भएन । उद्योगमुखी आर्थिक नीतिले कृषि व्यापारका सर्तहरू प्रतिकूल भई कृषि विकासले गति लिन सकेन । वास्तवमा कृषि र उद्योग बिचका अन्तरसम्बन्धहरू मजबुत गराएमा मात्र विकास टिकाउपूर्ण तथा गतिशील हुन्छ । तर कृषि र औद्यौगिक नीतिहरूमा निहित विकृतिहरूले त्यसो हुन दिएनन् । फलस्वरूप देशको निकासीको आधार साँघुरो भएर गयो । उनी गलैँचा, तयारी पोसाक, छाला र जुटका सामान, पस्मिना तथा ऊनीका समानहरू, फलामका समाानहरू, धागो, कपडा जस्ताको निकासीमा बढी निर्भर रहनु परेको छ जसले गर्दा व्यापार घाटा बढेर गएको छ । उक्त घाटा घटाएर लैजान विशेष उपायहरू अंगाल्नु आवश्यक हुन जान्छ ।

विगतका अनुभवबाट टेवामूलक उपायहरूको अभावमा आयात प्रतिस्थापन तथा निर्यात प्रबद्र्धन नीतिहरू एकै साथ कार्यान्वयनमा ल्याए पनि निर्यात प्रबद्र्धन हुन गा¥हो हुँदोरहेछ । सीमित आन्तरिक बजार र कुशल व्यवस्थापन तथा समुचित प्रविधिको अभावले खडा गरेका वाधाहरू हटाउनको निम्ति निकासी क्षेत्रलाई गतिशील पार्न सकेमा क्षेत्रगत अन्तरसम्बन्धहरू बढेर उत्पादकत्व, उत्पादन तथा रोजगार बढ्न गई देशको विकासले गति लिन सक्नेछ । वास्तवमा निकासी प्रबद्र्धनबाट विदेशी मुद्रा बढी आर्जन मात्र नभई अन्य आर्थिक क्रियाकलापहरू पनि बढन जान्छन् । साथै छिमेकी देशहरूले उदार व्यापार नीति धेरै पहिले अंगालिसकेको हँुदा अन्तराष्ट्रिय परिप्रेक्षमा तथा नेपालका विकास वाध्यताहरूलाई विचार गर्दा नेपाली व्यापार नीति तथा नेपाल व्यापार एकीकृत रणनीति २०७३ बढी उदार हँदै गएका छन् ।

निर्यात वृद्धि कार्यनीतिमा निर्भर रहने हुँदा बजारमुखी स्तरीय तथा सुनिश्चित सामान तथा सेवाको उत्पादन तथा आपूर्ति बढाउने गरी कार्यनीतिको अवलम्बन तथा कार्यान्वयन गराउनु अत्यावश्यक हुन जान्छ । व्यापारमा वृद्धि ल्याउन निजीक्षेत्रको बढी संलग्ता गराएर स्वस्थ प्रतिस्पर्धात्मक बढाए विकासमा गति आउँछ । अतः निजी क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धात्मक रूपले आर्थिक कार्यहरूमा बढी मात्रामा संलग्न गराउने गरी सरल तथा पारदर्शक, र सुनिश्चित प्रशासनिक प्रक्रिया अंगालेर आधुनिक प्रविधिको व्यवस्था र आवश्यक भौतिक तथा संस्थागत आधारशिलाहरूको निर्माणका साथै मानव साधनको उपयुक्त विकास गराउनमा सरकारी क्षेत्र कटिबद्ध हुनु नितान्त आवश्यक छ ।

गरिबी हटाउनु नै देशको मूल लक्ष्य भएकाले उत्पादनमा द्रुततर अभिवृद्धि र लाभदायक रोजगारी बढाएर नेपाली मानव साधनको समुचित विकास गराउनु आजको गहन चुनौती रहेको छ । कम उत्पादकत्व भएको कृषिको वाहुल्यता रहेको देशमा बढ्दो जनचाप समाधान गरी विकासमा लाग्न सीमित कृषियोग्य जमिन तथा वनसम्पदा र प्रचुर जलस्रोत तथा पर्यटनजस्ता साधनहरूको उपयुक्त परिचालन गराई क्षेत्रगत उत्पादकत्वमा अभिवृद्धि ल्याएर विकासलाई द्रुततर गराउनु नितान्त आवश्यक भएको छ । जसको लागि कुसल व्यवस्थापन अत्यावश्यक हुन्छ । त्यसैले जनशक्तिको समुचित विकास तथा उपयोग अपरिहार्य हुन जान्छ । साथै विकास मानव हितका लागि हुनु नितान्त आवश्यक छ ।
उद्योग तथा व्यापारको विकासमा स्वस्थ प्रतिस्पर्धा हुनु अत्यावश्यक हुन्छ ।
सस्तो तर स्तरीय प्रकारले आन्तरिक मागको आपूर्ति गराउनुपर्छ । बढी मात्रामा विदेशी मुद्रा आर्जन हुने गरी स्तरीय निकासी बढाउनुपर्छ । देशको शोधनान्तर स्थितिलाई सुव्यवस्थित गर्ने दृढ लक्ष्य लिन चुक्नु हुन्न । उदार तथा गतिशील व्यापार नीतिको भावना अघि बढाउनु पर्छ । नेपालको व्यापार नीति र नेपाल एकीकृत व्यापार नीति २०७३ मा अवलम्बन गरिएका प्रावधानहरू धेरै नै बस्तुनिष्ठ छन् । आन्तरिक खपत र निकासी गरिने किसिमका सामान र सेवाहरूको स्तरीय रूपले उत्पादन बढाउन केन्द्रित हुनुपर्छ । छिमेकी देशहरूमा निकासी बढाउन विशेष प्रयत्न गर्नुपर्छ । देशभित्र उत्पादन बढाई निर्यात अभिवृद्धि गर्नुपर्छ । आन्तरिक मागको आपूर्ति गर्न आधुनिक उपयुक्त व्यवस्थापन तथा प्रविधि प्रवाह गराउनुपर्छ । बजार विकासको व्यवस्था मिलाउनुको साथै प्रत्यक्ष विदेशी लगानी आमन्त्रण गर्ने प्रयाशलाई मूर्तरूप दिनुपर्छ ।

उपरोक्त कार्यहरूका लागि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्छ । उदार मौद्रिक तथा वित्तीय नीतिहरू बनाई प्रशासनिक प्रक्रियालाई आमूल परिवर्तन गरियो भने निजी क्षेत्रको विश्वास आर्जन हुन्छ । निजी क्षेत्रलाई विश्वासमा लिन सरल, छिटो, पारदर्शी र गतिशील कर्मचारी संयन्त्र चाहिन्छ । व्यापारको अभिवृद्धि गराउन सञ्चारलगायत संस्थागत तथा भौतिक आधारशीलाहरूतर्फ उत्तिकै ध्यान दिनुपर्छ । साथै मानव साधनको समुचित विकास गराउनेतर्फ सरकारी क्षेत्रको प्रयत्न दृढताका साथ अघि बढाउनु पर्छ ।

देशको आवश्यकता परिपूर्ति गर्न विदेशी मुद्रा बढीभन्दा बढी आम्दानी गर्ने लक्ष्य राख्नुपर्छ । वस्तुगत तथा सेवागत निकासीको स्तरीय रूपमा विविधीकरण गराई निकासी बढाउन समुचित प्रयत्नको सुरुआत भइसकेको छ । परम्परागत एवं नव–परम्परागत निकासी वस्तुहरूको स्तरीय रूपमा उत्पादन बढाउनुपर्छ । बढी फाइदा हुने प्रशोधित तथा तयारी वस्तुका निकासी बढाउन बढी जोड दिनु जरुरी छ ।

लाभदायक रोजगारी बढाउने गरी उपयुक्त निकासीयोग्य बस्तु उत्पादनमा जोड दिनुपर्छ । प्रशोधित एवं औद्योगिक वस्तु तथा नयाँ वस्तुका पहिचान गरी उत्पादन बढाउनेतर्फ लाग्नुपर्छ । निकासीलाई विदेशी मुद्राको आर्जनमा केन्द्रित गर्नुपर्छ । सेवामूलक व्यापार तथा व्यवसायलाई समुचित रूपले विकास गराई विदेशी मुद्राको आर्जनमा बढी जोड दिन बिर्सनु हुन्न । जनशक्तिको समुचित उपयोग गराउनका लागि वाञ्छनीय तथा संभव उपाय अवलम्वन गर्नुपर्छ । जनशक्तिसहित सीपको विकास गराई सेवामूलक कार्यहरू बढाउनुका साथै त्यस्ता सीपको निकासी वृद्धिमा जोड दिनुपर्छ ।

निकासीयोग्य वस्तुहरू तथा सेवाको समुचित विकास गर्न, गराउन आधुनिक उपयुक्त प्रविधि प्रवाह गराउनुपर्छ । साथै संस्थागत तथा भौतिक आधारशीलाहरूको विकास गराउने वातावरण तयार गर्नुपर्छ । जुन कुरा नेपाल व्यापार एकीकृत रणनीतिमा २०६७ देख्न पाइन्छ । व्यापार नीति तथा रणनीतिहरूमा उल्लिखित कार्यहरूलाई छिटो, छरितो र पारदर्शक रूपले सञ्चालन गराउन उदार सरोकार नीतिहरू निर्माण गरी प्रशासनिक प्रक्रियाहरूमा आमूल परिवर्तन गरी अझ उदारता, सरलता र गतिशीलता अपरीहार्य देखिन्छ ।
पूर्णबन्देज वा परिमाणात्मक बन्देज लगाइएका सामानबाहेक अन्य वस्तुहरूको निकासी गर्न इजाजत चाहिने छैन । परिमाणात्मक बन्देज लगाइएका वस्तुको हकमा सोधखोज गरी निकासी इजाजतपत्र दिइनेछ । तर वैदेशिक मुद्राको कमी हुने अवस्था लागेकाले ०७८ माघपछि केही वस्तुमा आयातमा पूर्व प्रतिपत्र लिनुपर्ने गरिएका थियो । तर अहिले आयात प्रतिबन्ध छैन ।
निकासी बढाउनका लागि सरकारले पारवहन तथा ढुवानी व्यवस्थामा सुधार ल्याउन संस्थागत तथा भौतिक आधारशीलाहरूको विकास गराउँदै प्रशासनिक प्रक्रियालाई पारदर्शक, छिटो र छरितो बनाइने भनिएको छ ।

निकासी प्रवद्र्धन गर्न कन्टेनर सेवाको प्रयोग बढाइने तथा वन्डेड वायरहाउस व्यावस्थालाई अझ विस्तार तथा सुधार गर्दै जानु नितान्त आवश्यक छ । निकासीयोग्य वस्तु उत्पादन गर्न चाहिने कच्चा पदार्थहरू, माध्यमिक सामान तथा पुँजीगत सामानका पार्टस–पूर्जाहरूमा सरल तरिकाले भन्सार महसुल र अन्तशुल्क तथा भ्याट तथा अन्य करमा सुविधा दिइनुपर्छ । यस्ता आयातित सामानहरू उद्योगका प्रशोधनमा प्रयोग नभएमा असुल उपर गरी दण्डको व्यवस्था गरेमा औद्योगीकरण हुन जाने हुन्छ । अन्यथा आयातित औद्योगिक कच्चा पदार्थ दुरुपयोग भइराखेको छ र भइजानेछ ।

सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेका सामानबाहेक अन्य निकासी गरिने सामानमा कुनै शुल्क लगाइने छैन भनेको छ । दीर्घकालीनरूपमा सामान वा सेवा निकासी गरेर आर्जन गरेको खुद परिवत्र्य विदेशी मुद्राको केही अंश स्वीकृत वस्तुको पैठारी गर्न वा गराउन पाउने गरिएको छ र गराउँदै जानुपर्दछ । हाल यस्तो व्यवस्था निर्यातमा नगद प्रोत्साहन शोधभर्नाका लागि दिइएको छ ।

(लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्व नायव कार्यकारी निर्देशक हुन्)

प्रतिक्रिया