फिदिम नगरपालिका स्वास्थ्य साखा प्रमुख श्रेष्ठ मृत फेला परे

पाँचथर । फिदिम नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रवेशकुमार श्रेष्ठ आफू सुतेको ठाउँमा मृत फेला परेका छन् । धनकुटाको चौबिसे गाँउपालिका– १ छ नम्बर बुधबारे बजारमा घर भएका श्रेष्ठ फिदिम नगपालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए ।

बिहीबार अबेरसम्म कार्यालयमा हाजिर नभएपछि खोजि गर्दा श्रेष्ठलाई उनी सुत्ने कोठाको ओछ्यानमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय डिएसपी हरि खतिवडाले जानकारी दिए । फिदिममा उनी नगरपालिका कार्यालय अगाडि वडा नम्बर ४ गीता गुरुङको घरमा कोठामा बसेका थिए ।

प्रहरीका अनुसार उनी सुत्ने कोठाको दैलो भित्रबाट लक गरिएको थियो । फोन गर्दा नउठेको र कोठामा हेर्न जाँदा ढोका नखुलेपछि ढोका खोलेर हेर्दा सुतिरहेको अवस्थामा श्रेष्ठलाई बिहीबार मृत अवस्थामा भेटिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया