भारतीय नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको छ । गुजरातस्थित सुरत जिल्ला अदालतले नेता गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको हो ।

उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन् ?’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको बताइएको छ ।

भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले उक्त अभिव्यक्तिले आफूलगायत व्यक्तिको मानहानि भएको भन्दै गान्धीविरुद्ध उजुरी दायर गरेका थिए । मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए ।

प्रतिक्रिया