महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबुलकारमा छुट

काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेडले मनकामना केबुलकार कम्पनिसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामनामार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रालि सँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले उक्त केबुलकार सेवामा १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षतकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया