रवि लामिछानेलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी मुद्दामा उन्मुक्ति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । लामिछानेलाई राहदानी मुद्दामा शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै उजुरी दर्ता भएको हो ।

सभापति लामिछानेको नागरिकता र राहदानीबारे गृह मन्त्रालय हुँदै सर्वोच्च अदालतसम्म पुगेका युवराज पौडेल (सफल) ले जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

उनले अख्तियार दुरुपयोग गरी आरोपितलाई उन्मुक्ति दिएको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै आइतबार उजुरी दर्ता गरिएको बताए ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मतका लागि रविको पासपोर्ट दुरुपयोग मुद्दामा सफाइ दिइएको आरोप लगाएका छन् ।

अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता जोगाउनकै लागि सरकारवादी मुद्दाबाट सफाइ दिने गरी महान्यायधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने पनि उनले उल्लेख गरेका छन् ।

यस्ताे छ उजुरी

प्रतिक्रिया