ठेकेदारको लापरवाहीले चार वर्षदेखि पुल अलपत्र

लाछीगाडमा अलपत्र अवस्थामा रहेको पुल फाइल तस्विर

बझाङ । जिल्लाको मस्टा गाँउपालिकामा निर्माणधिन अवस्थामा रहेको लाछीगाडमा पुल निर्माण कार्य सुरु गरिएको चार वर्ष बितिसक्दा पनि ठेकेदारको लापरपाहीले पुल निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ ।

उक्त पुल समयमै निर्माण हुन नसक्दा बझाङ जिल्लाका आधाभन्दा बढी नागरीकहरुले समस्या भोग्दै आएका छन् । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयबाट आर्थिक वर्ष २०७६–०७७ मा पूर्वाधार विकास कार्यालयले बझाङले उक्त पुल निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो ।

तर, पुल एक वर्षभित्र निर्माण सम्मपन्न गर्न पूर्वाधार विकास कार्यालयले पुस्पान्जली आरभी जेभीसँग ४ करोड ४५ लाख ७४ हजार ६ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । उक्त निर्माण कम्पनीले समयको अभाव र काम सम्पन्न नभएको भन्दै म्याद थपको लागि निवेदन दिएको थियो ।

पूर्वाधार विकास कार्यालयले सो निर्माण कम्पनीलाई पटक–पटक म्याद थपको अवधी पाएको पुस्पान्जली आरभी जेभिले समयमा काम सम्पन्न नगर्दा पुलको निर्माण कार्य अलपत्र अवस्थामा रहेको स्थानीयहरुले गुनासो गरेका छन् । स्थानीयहरका अनुसार यससँग सरोकारवाला निकाएहरुले कुनै पहल नचाल्दा सम्झौता भएको चार वर्षसम्म पनि पुल अलपत्र अवस्थामा रहेको हो ।

मस्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले उक्त खोलमा पुल निर्माण कार्य समयमै नसकिँदा गाँउपालिका भित्रका नागरीकहरुले मात्रै नभई पुरै बझाङ जिल्लाका आधाभन्दा बढी नागरिकहरुले समस्या भोग्नुपरेको र पुल समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीका ठेकेदारलाई बारम्वार ताकेता गर्दा पनि कहिले फोन नउठाउने रफोन उठाइहाले पनि आज आउँछु भोलि आउँछु भन्दै ठग्ने गरेको बताए ।

अध्यक्ष बोहराले पटक–पटक पुल निर्माणको लागि पालिकाले ताकेता गर्दा पनि कुनै पहल नभएपछि आफूसँग कारवाही वा अन्य प्रकृयाको लागि कुनै अधिकार नभएको बताए ।त्यस्तै मस्टा गाँउपालिका –१ का वडाध्यक्ष रामचन्द्र रोकायाले ठेकेदारले पुल निर्माण सम्पन्न नहुँदै निर्माण कम्पनीका ठेकेदार काम रोकेर फरार रहेको र समयमै पुल नबन्दा वर्षाको समयमा एक वडाबाट अर्को वडामा जान समस्या हुने गरेको बताए ।

साथै, उनले ठेकेदारलाई पटक–पटक समयमै पुल निर्माणको सम्पर्क गर्दा कुनै पनि प्रतिकृया नदिने गरेको बताए । यता पूर्वाधार विकास कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख नृपराज जोशीले भने, ‘ठेकेदारले समयमै पुल निर्माण गर्नुपर्ने हो गरेन, विविध कारणवस निर्माण कम्पनीले म्याद थपको लागि निवेदन दियौँ, हामीले थप गर्यौँ, समयमै काम गर्न हामीले कार्यालबाट पटक–पटक ताकेता गर्दा पनि कुनै वास्ता नगर्ने गरेको र थपेको समयको अवधिमा काम नगरे कारवाहीका लागि प्रक्रिया अगाडि बढ्छ ।’

निर्माण कम्पनीका प्रतिनिधि हृदेश भट्टले भने पुल निर्माण कार्य आधाभन्दा बढी सकिएको र आधा जती काम गर्न बाँकी रहेको स्वीकार्दै अबको तीन–चार महिनामै निर्माण कार्य सम्पन्न गर्ने बताए ।

प्रतिक्रिया