कांग्रेसले बोलायो बैठक, विश्वासको मतबारे निर्णय लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने विश्वासको मतबारे निर्णय लिन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसले भोलि (आइतबार) बिहान १०ः३० बजे नयाँ वानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशन गरिएको छ ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकलगत्तै कांग्रेस कांग्रेस संसदीय दलको बैठक तय गरिएको छ । दिउँसो १२ बजे संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक डाकिएको छ ।

प्रतिक्रिया