धनगढी । धनगढीमा शनिबार सिकलसेल रोग व्यवस्थापन सम्बन्धि सम्मेलन हुने भएको छ । सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) ले फागुन २७ गते (शनिबार)सिकलसेल रोग सम्बन्धि क्षेत्रीय सम्मेलन गर्न लागेको हो ।
शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजक सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)ले विभिन्न निकायमा कार्यरत चिकत्सकहरुको अभिमुखिकरण गर्ने उदेश्यले सम्मेलन गर्न लागेको जनाएको छ । सम्मेलनमा धनगढीमा कार्यरत चिकित्सक,नेपालगञ्ज,टीकापुर,महेन्द्रनगर तथा काठमाण्डौँबाट समेत आमन्त्रित विशेषज्ञहरुको सहभागिता रहने वरिष्ठ फिजिसियन तथा सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)का केन्द्रीय सदस्य डा.सुभेषराज कायस्थले बताए ।
नेपालमा सिकलसेल रोग सम्बन्धि पहिलो पटक सम्मेलन हुन लागेको डा. कायस्थले बताए । उनले भने यो सिकलसेल रोग सम्बन्धि हुने पहिलो सम्मेलन हो यस सम्मेलनमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुको प्रस्तुतिकरण रहने छ ।
सिकलसेल बहुअंगमा असर गर्ने रोग भएका कारण विभिन्न विषयका विशेषज्ञ डाक्टरलाई सिकलसेल सम्बन्धि ज्ञान हुन आवश्यक रहेको उनले बताए । विभिन्न बिषयका चिकित्सकहरु एउटै ठाउँमा बसेर एउटै रोगका बारेमा छलफल तथा विचार मन्थन गरिने यस सम्मेलनले सिकलसेल रोग लागेका विरामीको उपचार र हेरचाहको सन्दर्भमा कोशेढुंगा सावित हुने विश्वास आयोजकले लिएको छ ।
बिशेष गरी थारु जातिमा देखिने गरेको सिकलसेल एनिमिया रोगका कैलालीको सेती प्रादेशिक अस्पतालमा ८३६,घोडाघोडी अस्पतालमा ३६१,टीकापुर अस्पतालमा १ जना र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा ८ जना गरी १ हजार २०६ जना बिरामी उपचाररत रहेको जनाइएको छ । सिकलसेलका रोगीहरुको सरकारले १ लाखसम्मको निःशुल्क उपचार गर्दै आएको छ ।
कैलाली
प्रतिक्रिया