फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा गुरुङ

पाँचथर । फिदिम साना सहरी बृहद खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा प्रकाश गुरुङ निर्वाचित भएक छन् । विहीबार भएको निर्वाचनमा गुरुङले ९ सय ३७ मत ल्याउदा उनका निकटम प्रतिस्प्रधि सुर्यकुमार मगरले ४ सय ६६ मत प्राप्त गरे ।

समितिको उपाध्यक्षमा मिलन गिरी निर्वाचित भए । सह-सचिवमा डने शेर्पा र कोषाध्यक्षमा दिपक बाँस्कोटा निवाचित भएक छन् ।

यसअघि २०६४ सालमा गठन भएको उपभोक्ता समितिले नयाँ कार्यसमिति चयन गर्न लागेको हो । कार्य समितिको निर्वाचन सबै मत परिणाम आज सार्वजनिक भएकाे छ।

उक्त समितिले धमिलो पानीलाई फिल्टर गरेर वितरण गर्ने, बक्यौता रकम असुल गरि पानीको रकममा भष्ट्राचार गर्नेलाई छानबिन गरी ठेगान लगाउने पहिलो दायित्व रहेको नव निर्वाचित एक सदस्यले बताए ।

निर्वाचनकाे मत परिणा

प्रतिक्रिया