प्रदेश १ को नामाकरण ‘कोशी’ पारीत

काठमाडौं । प्रदेश १ को नामाकरण ‘कोशी प्रदेश’ पारीत भएको छ । बुधबार प्रदेश १ को नाम ‘कोशी प्रदेश’ होस् भनी गरिएको प्रस्ताव प्रदेशसभा बैठकले पारित गरेको हो ।

अब कोशी प्रदेशको विषयमा बैठकमा छलफल हुने बताइएको छ । नेकपा एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक रहेको कोशी प्रदेश नामको प्रस्ताव ध्वनी मतले पारित भएको हो ।

समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए ।

कोसीको प्रस्तावमा ध्वनी मत आएपछि किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव बैठकबाट बहुमतले अस्वीकृत भएको छ ।

प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गरेका थिए । सभामुख गौतमले दिउँसो १ बजेसम्मका लागि नामकरण प्रस्ताव सचिवालयमा दर्ता गराउन प्रदेश सांसदलाई समय दिएका थिए ।

प्रतिक्रिया