प्रदेश १ को नामाकरण तयारीपछि निषेधित क्षेत्र तोकियो

काठमाडौं । प्रदेश १ मा नामाकरणको तयारीपछि मोरङमा निषेधित क्षेत्र तोकिएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले निषेधित क्षेत्र तोकेका हुन् ।

प्रदेशसभाबाट प्रदेश १ को नामाकरण गर्ने तयारीपछि निषेधित क्षेत्र तोकिएको हो । आजको प्रदेशसभा बैठकमा प्रदेशको नामसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

आजै दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थान उल्लेख गरी निषेधित क्षेत्र तोकिएको छ ।

यस्तो छ सूचना

प्रतिक्रिया