संखुवासभा । गत बर्ष संखुवासभाको मादीमा भएको बस दुर्घटनामा ज्यान गुमाएकी शिक्षिका युका पोखरेलको नाममा अमरुवा मावि आखिभुइमा अक्षय कोष स्थापना गरिएको छ । उनका पति डिल्लीराम निरौला, बुवा हेमप्रसाद पोखरेल र केशलकुमारी पोखरेलले १ लाखको अक्षय कोष स्थापना गरेका हुन् । धर्मदेवी ७ आँखिभुईं स्थित अमरुवा माविमा सोमबार एक कार्यक्रमकाबीच अक्षय कोष स्थापना गरिएकाे हाे ।
शिक्षिका युका पोखरेलको बार्षिक पुण्य तिथिको अवसरमा उनले सुरुमा पढेको विद्यालय अमरुवा माविमा अक्षयकोष स्थापना गरिएकाे बताइएकाे छ । उनी मादी नगरपालिकामा अवस्थित मादी माध्यामिक विद्यालयको उच्च माध्यमिक तहकी अंग्रेजी बिषयमा अध्यापन गराउने शिक्षिका थिइन् । गत वर्ष युका पोखरेलसहित तीन जना शिक्षकले संखुवासभाको मादीमा भएको दुर्घटनामा ज्यान गुमाएका थिए ।
प्रतिक्रिया