नवलपुर । पूर्वी नवलपरासी (नवलपुर) स्थीत बुलिङटार गाउँपालिकामा भोलि (१५ गते) ४१औँ मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ ।
गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले आइतबार सूचना जारी गरेर सोमबार मगर दिवस परेकाले गाउँपालिकाभित्रका सबै विद्यालय तथा कार्यालय बन्द हुने जनाएका हुन् ।
सोमबार यहाँका सरकारी कार्यालय, शैक्षिक संघसंस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरेका छौँ’, आज सार्वजनिक सूचनामा उल्लेख छ । उक्त गाउँपालिकामा अघिल्लो वर्ष पनि मगर दिवसकै अवसरमा सार्वजनि बिदा दिइएको थियो ।
नेपाल मगर संघ जिल्ला समन्वय समितिको नवलपुरको निर्देशन अनुसार ४१औँ मगर एकता दिवस यस पटक जिल्लाका सम्पूर्ण स्थानीय तहहरुबाटै जिल्ला समितिको आयोजनामा हुने कार्यक्रम एकसाथ एउटै स्थानमा मनाइने भएकाले नेपाल मगर संघ बुलिङटार गाउँपालिकाले कुनै पनि कार्यक्रम नगर्ने नेपाल मगर संघ बुलिङटारका नारायण पाटा मगरले जानकारी दिए ।
प्रतिक्रिया