खाँडाचक्र १ का विद्यालयको अनुगमन प्रतिवेदन सार्वजनिक

कालिकोट । खाँडाचक्र नगरपालिका १ मा रहेका सम्पूर्ण विद्यालयहरुको अनुगमन प्रतिवेदन सार्वजनिक गरिएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी विद्यालयको अनुगमन प्रतिवेदन सार्वजनिक गरिएको हो । खाँडाचक्र नगरपालिका भित्र रहेका माध्यमिक विद्यालय, आधारभुत विद्यालय र निजि विद्यालयहरुको अनुगमन प्रतिवेदनमा विद्यालयमा दरवन्दि अनुसारका शिक्षक नहुनु,विद्यार्थीको सिकाई बृद्धिमा कमि हुनु, आवश्यक भवनको समस्या लगाएत विभिन्न चुनौतीहरु रहेको वडा अध्यक्ष धर्मराज ताम्राकारले सार्वजनिक गरेको प्रतिवेदनमा छ ।

सार्वजनिक प्रतिवेदनमा देखिएमा समस्या हल गर्न नगरपालिका लगाएत माथिल्लो निकायमा पहल चाल्ने वडा अध्यक्ष ताम्राकारले बताएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट लगाएत अन्य पत्रकारहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया