माण्डबी गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिने

प्युठान । प्युठानको माण्डबी गाउँपालिकाले (भोलि) फागुन १ गते सार्वजनिक विदा दिने भएको छ ।

आइतबार बसेको माण्डबी गाउँ कार्यपालिकाको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सो निर्णयअनुसार सोमबारका फागुन १ गते पालिकाभर सार्वजनिक विदा रहने छ । पालिकाभर रहेका मातहतका कार्यालयहरु र शैक्षिक संस्थाहरुलाई बिदा दिएको सूचना सार्वजनिक गरेर जानकारी दिएको छ ।

प्रतिक्रिया