अर्घाखाँची । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला श्रीपाली ठकुरीले जनताको माग र आवश्यकताको आधारमा देशलाई समृद्धिको दिशामा अगाडी बढाउनका लागि आफु सवै राजनैतिक दलहरु बिच सहकार्य गरेर अगाडी बढ्ने बताइन् । सवैलाई उत्पादन, स्वरोजगार संघ जोडी आत्मनिर्भर बनाई आर्थिक समृद्धि र सुशासन कामय गर्नुपर्ने आबश्यकता रहको बताइन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीले सनिवार सन्धिखर्कमा आयोजना गरेको सम्मान तथा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रीपालीले सम्मान कार्यक्रमले आफुलाई उर्जा मिल्नुका साथै थप जिम्मेवारी बोध गरेको महसुस भएको बताएकी हुन् ।
अर्घाखाँची जिल्लाको समग्र बिकास र समृद्धिका लागी जिल्लामा रहेका राजनैतिक दल, स्थानिय तहका जनप्रतिनिधी, कर्मचारी पत्रकार, बिज्ञ समुहसंग आइतवार नै छलफल गरि योजना बद्ध तवरले बिकास निमार्णका कामलाई गतिका साथ तिव्र रुपमा अगाडी बढाउने बताइन् ।
शिक्षा र स्वास्थ्यको गुणस्तरको बिकासका लागि भौतिक संरचनाले मात्र नहुने भन्दै मन्त्री श्रीपालीले प्रबिधी र दक्ष बिज्ञ, जनशतिmको आबश्यकता अपिहार्य रहेको बताइन् । बिभिन्न क्षेत्रका सरोकारवाला बिज्ञ र कर्मचारीसँग काठमाण्डौमा पटक÷पटक छलफल गरि सुझाब लिइरहेको हुदा बैज्ञानिक तवरले नै परिणाम देखिने र जनताले महसुस गर्ने गरि काम गर्न लागेको बताइन् ।
छिटो भन्दा छिटो निर्माणाघिन अर्घा भगवती बिमानस्थलको कामलाई अगाडी बढाई आफनै कार्यकालमै नियमित उडान गर्ने भन्दै मन्त्री श्रीपालीले भनिन । सुपादेउराली मन्दिरलाई पर्यटकिय मन्दिरको रुपमा सुचिकृत गरी जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको बिकास, बिस्तार प्रर्बद्र्धनका साथै आकर्षक गनतब्य बनाउनका लागि योजना बनाएर अगाडी बढ्ने बताइन् ।
माओवादी केन्दका केन्द्रिय सदस्य समेत रहेकी श्रीपालीले गठबन्धन निमार्ण हुने भत्कने कुरा राजनैतिक परिस्थिमा भर पर्ने भन्दै अहिले नै नयाँ परिस्थिती निमार्ण भइहाल्ने परिस्थिती बनी नसकेको बताइन् ।
जनयुद्धकालबाट नै सफल पूर्वक पार्र्टी भित्र सफल रुपमा नेतृत्व प्रदान गर्दे आएकी मन्त्री श्रीपालीले भनिन, ‘ज्यु ज्यानको समेत आहुती दिन तयार भई, जनयुद्धको कठोर यात्राबाट नै न्याए प्रेमी जनताको साथ सहयोगले यहाँसम्म आई पुग्दा धेरै कुरा सघर्षले सिकाएको छ, तर राज्य संरचालनमा नयाँ भएको हुदा सवैको साथ, सहयोग, सल्लाह सुझाबबाट नै अघि बढ्ने छुु, बिगतका ति कठोर दिनहरु सम्झदा अब जनताको पक्षमा अझै धेरै गर्नुपर्ने छ जस्तो लाग्छ ।’
प्रतिक्रिया