टर्की भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

काठमाडौं । टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । एएफपी न्युजका अनुसार दुवै देशमा गरी भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको हो। घाइतेको संख्या ४० हजार नजिक पुगेको छ ।

डब्ल्यूएचओ र संयुक्त राष्ट्र लगायत विश्वका ७० भन्दा बढी देश सहयोगका लागि जुटेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सिरियामा ३ लाख मानिस घर छाड्न बाध्य भएका छन् ।

सरकारप्रति जनआक्रोश बढ्दै गएका बेला टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाेगानले भूकम्पपछि आफ्नो सरकारको प्रारम्भिक प्रतिक्रिया त्रुटिपूर्ण रहेको स्वीकार गरेका छन् ।

भूकम्पपछि धेरै क्षेत्रका बासिन्दाले उद्धारकर्मी ढिलो पुग्नुका साथै समयमा राहत सामग्री नपाएको गुनासो गर्दै सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया