सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कँदा वृद्धाको बोटोमै मृत्यु

बझाङ । सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कँदै गर्दा एक महिलाको बाटोमै मृत्यु भएको छ । बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका– १ परिंगालकी ७२ वर्षीया सितादेवी गिरीको बुधबार दिउँसो बाटोमै मृत्यु भएको हो ।

स्थानीयहरुका अनुसार मृतक गिरीका घरबाट गाउँपालिका नजिकै रहेको कुमारी बैंक पुग्न करिब सवारी साधनमा कच्ची सडक हुँदै एक घण्टा र पैदल दुई–तीन घण्टा हिँडेर जानुपर्ने बाध्यता रहेको छ ।

यस विषयमा कुराकानी गर्दा छविसपाथिभरा गाँउपालिकाका अध्यक्ष बसन्त चलाउने भने, ‘हामी निर्वाचित भएर आएको पहिलो महिना वडाध्यक्ष पालिका उपाध्यक्ष बैंकका कर्मचारी र स्वयं आफैँ गएर घरघरमै गएर बाँड्यौ, पछि पक्रिया झन्झटिलो भएका कारण असाह्य वृद्ध–वृद्धाहरुका घरमै गएर बाँड्ने भन्ने थियो ।’

सामाजिक सुरक्षा भत्ता बैंकमार्फत भुक्तानी हुन थालेपछि जिल्लाका कयौँ वृद्ध–वृद्धाहरुले समस्या भोग्नुपरेको छ ।

प्रतिक्रिया