योजना अनुगमनमा झिमरुककाे तीव्रता

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले निर्माणाधीन आयोजनाको अनुगमन गर्ने कार्यलाई तीव्रता दिएको छ । बुधबार झिमरुक गाउँपालिका वडा नं.५ रिपापाखा सेवा केन्द्र नजिक निर्माण हुन लागेको चिस्यान केन्द्रको निर्माणको अवस्था बारे अनुगमन गरिएको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए ।

बहुवर्षिय योजनाको रुपमा निर्माण हुन लागेको कोल्ड स्टोरको कुल लागत २ करोड १४ लाख रहेको इन्जिनियर अशोक जिसीले जानकारी दिए । ठेक्का प्रक्रिया मार्फत रविना जुगल इभिना जेभिले निर्माण कार्य सुरु गरेको छ । निर्माणाधीन चिस्यान केन्द्रको निर्माणको काम २०७९/०८० को जेठ मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता उल्लेख छ ।

चिस्यान केन्द्रको निर्माण सम्पन्न भएपछि स्थानीय कृषकहरुले आफुले उत्पादित बस्तुहरु लाई लामो समयसम्म टिकाइ राख्न सहयोग पुग्ने पालिकाको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताए । आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्न र डिजाइन अनुसार काम गर्न सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । चिस्यान केन्द्रको अनुगमनको क्रममा नजिकै रहेको नागरिक आरोग्य सेवा केन्द्रको समेत निरीक्षण गरिएको थियो ।

त्यस्तै झिमरुक गाउँपालिका वडा नम्बर ६, ले आर्थिक वर्षको लागि स्वीकृत योजानाको कामलाई तिब्रता दिएको छ । आर्थिक वर्षको लागि नेरामाबी मर्काबाङ सरस्वती मन्दिर तथा बालमैत्री धारा निर्माण लगाएतका योजनाको थालनी गरेको हो ।
वडाको २ लाख ५० हजार बजेटमा योजनाको काम उपभोक्ता समिती मार्फत माघ मसान्तसम्म सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

कामको लागत अनुमान अनुसर सम्पन्न गर्न प्राविधिक टोलीले अनुगमन गरेको छ । वडा नम्बर ६ को लागि चालू आर्थिक वर्षमा वडा र पालिकाबाट करिब ८० योजना तथा कार्यक्रम स्वीकृत भएर काम शुरु भएका वडा अध्यक्ष धनबहादुर पुनले बताए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया