नक्कली ‘सर्टिफिकेट’मा ‘हेडसर’, नपढी डाक्टर

काठमाडौं । शिक्षाको उज्यालो देखाउने गुरुहरू नै आँखाको ज्योति हुन् भनिन्छ । त्यसैले सबैले पूजनीय मान्छन् । श्रद्धाले शिर झुकाउँछन् र गुरुप्रति गर्व गर्छन् । जो गुरुहरूले विद्यार्थीहरूलाई भविष्यको बाटो र उज्यालो देखाइदिन्छन् ।
तर, अपवादमा यस्ता गुरुहरू पनि हुन्छन् जसको आधार नै नक्कली हुन्छ । र जसले हजारौँ विद्यार्थीहरूको उज्यालो भविष्यमाथि खेलबाड गरिरहेका हुन्छन् । जसले शिक्षाको उज्यालो देखाउने भन्छ त्यो नै अन्धकारमा आफैँ रुमल्लिएको हुन्छ ।

आफूलाई नमुना ‘गुरु’को रूपमा प्रचार गराएका कँडेल जसले भीमोदय नमुना माध्यमिक विद्यालयमा ०५५ माघ १० गते अस्थायी नियुक्ति लिए । ०६३ भदौ २५ गते स्थायी नियुक्ति लिए । त्यस यता उनले निरन्तर उक्त माविमा पढाउँदै आएका छन् । तर उनै कँडेलले किर्ते शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको खुलासा भने करिब २५ वर्षपछि मात्रै भएको छ ।

यस्ता एक ‘दुर्लभ’ गुरु हुन् चितवन, कालिका नगरपालिका–५ स्थित श्री भीमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद कँडेल । जसले प्लसटुदेखि स्नातकसम्मको किर्ते शैक्षिक प्रमाणपत्र लिए । अध्ययन पूरा नगरी नामको अगाडि डा.लेखेर प्रचार गराए ।

आफूलाई नमुना ‘गुरु’को रूपमा प्रचार गराएका कँडेल जसले भीमोदय नमुना माध्यमिक विद्यालयमा ०५५ माघ १० गते अस्थायी नियुक्ति लिए । ०६३ भदौ २५ गते स्थायी नियुक्ति लिए । त्यस यता उनले निरन्तर उक्त माविमा पढाउँदै आएका छन् । तर, उनै कँडेलले किर्ते शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको खुलासा भने करिब २५ वर्षपछि मात्रै भएको छ ।

गत १८ माघ ०७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर नियुक्ति लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेपछि उनी नक्कली गुरु भएको खुलासा भएको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार कँडेल (निमावि स्थायी शिक्षक) आइएससी र बिए तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी भीमोदय माध्यमिक विद्यालय चितवनमा शिक्षक पदमा नियुक्त भएका हुन् ।

अख्तियारको अनुसन्धानमा भनिएको छ, ‘श्री भीमोदय नमुना माध्यमिक विद्यालय, कालिका चितवनका प्रधानाध्यापक हरिप्रसाद कँडेलले निमावि तृतीय तहमा भीमोदय माध्यमिक विद्यालय, चितवनमा स्थायी नियुक्त हुँदा वीरेन्द्र क्याम्पस चितवनबाट आइएससी उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहु जी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट स्नातकतह (बिए) उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी भीमोदय माध्यमिक विद्यालय चितवनमा शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको देखिन्छ ।’

कँडेलको किर्ते यात्रा

कँडेल शिक्षक मात्रै होइनन् शिक्षकहरूको नेता पनि हुन् । निकट नेपाल शिक्षक संघ चितवनको अध्यक्षसमेत रहेका कँडेलले लामो समयदेखि नामको अघि डा. लेखाउँदै आएका थिए । अख्तियारका अनुसार उनले प्रस्तुत गरेको प्रविणता प्रमाणपत्र तह (विज्ञान)को शैक्षिक प्रमाणपत्रको अभिलेख त्रिभुवन विश्वविद्यालयमा उपलब्ध छैन । अर्थात् उनको नक्कली शैक्षिक प्रमाणपत्र हो ।

अख्यिारका अनुसार कँडेलले वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनबाट ०५१ सालमा प्रविणता प्रमाणपत्र तह (विज्ञान) प्रथमवर्ष र ०५२ सालमा द्वितीय वर्षको परीक्षामा सम्मिलित भएका थिए । तर, उनी वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनको रेकर्डअनुसार अनुत्तीर्ण भएको देखिन्छ ।

कँडेलले सोही समयमा स्टेट बोर्ड अफ तमिलनाडुम प्लस टु तह अध्ययन गरेर उक्त तहको शैक्षिक प्रमाणपत्र बनाएका छन् । आयोगका प्रवक्ता भन्छन्, ‘सैद्धान्तिक र प्रयोगात्मक परीक्षा दिनुपर्ने +२ तहको विज्ञान विषयलाई एकै समयमा दुई फरक मुलुकका विद्यालयमा उपस्थित भई अध्ययन गर्न सम्भव देखिँदैन ।’

कँडेलले सिंघानिया विश्वविद्यालय भारतबाट पिएचडी गरिरहेको दाबी गरेका छन् । तर सिंघानिया विश्वविद्यालयको रेकर्डमा उनले पिएचडी अध्ययन पूरा गरेको रेकर्ड छैन । तर उनले नामको अगाडि डा.लेख्दै आएका छन् ।

प्रतिक्रिया