अबुनको स्वरमा ‘ए चरी’

काठमाडौं । गायिका अबुन पाण्डेको स्वर रहेको ‘ए चरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यस गीतमा पवन गिरीको शब्द तथा संगीत रहेको छ । टुएका प्रडक्सनले गीतलाई संगीत संयोजन गरेका हुन् । गीतको भिडियोमा गायिका पाण्डे फिचर्ड छन् ।

निरोज श्रेष्ठले छायांकन गरेको भिडियोमा प्रविन श्रेष्ठको कलर र राजेश शाहको सम्पादन रहेको छ । भिडियो गायिका पाण्डेको युट्युब च्यानल ‘अबुन पाण्डे’ मार्फत सार्वजनिक गरिएको हो । अस्ट्रेलियामा बसेर सांगीतिक यात्रालाई अघि बढाइरहेकी पाण्डेको स्वरमा यसअघि ‘महसुस’, ‘नाचन ठुली’, ‘यो केटा त’ लगायतका भिडियो सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया