प्रमोद खरेल र तृप्ती खड्काको आवाजमा ‘तिमी राधा हुनु मेरी’

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेल र गायिका तृप्ती खड्का (गुरुङ)को युगल आवाजमा ‘तिमी राधा हुनु मेरी’ बोलको आधुनिक गीत बजारमा आएको छ ।

दुई दिनअघि युट्युबमार्फत सार्वजनिक उक्त गीतमा हरि उप्रेतीले शब्द रचना गरेका छन् भने गोविन्द मधुर आचार्यले संगीत भरेका छन् । माया प्रेमका भावना गीतको शब्दमा प्रस्तुत गरिएको छ ।

सारेगामा स्टुडियोमा गीत रेकर्ड गरिएको गायिका तृप्तीले सुनाइन् । त्यस्तै, उक्त गीतको भिडियोमा विजय गुरुङको निर्देशन रहेको छ भने केशव अधिकारीले छायांकन गरेका हुन् । उक्त भिडियोमा निर्देशक विजय गुरुङ आफैँ र सम्प्रिया खड्काले अभिनय गरेका छन् ।

मिलन विश्वकर्माले सम्पादन गरेको गीतको भिडियो हरि उप्रेतीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । माया प्रेमको भावनालाई भगवानको सम्झनामा मौलिकपनको उक्त गीत बजारमा ल्याएको गायिका तृप्तीले बताइन् ।

यसपछि अन्य गीतहरु पनि क्रमशः बजारमा ल्याउने तयारी गरिएको उनले जानकारी दिइन् । यसभन्दा अघि पनि दर्जनौँ मौलिकपनका गीत ल्याइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया