विशेष पत्रकार सम्मेनल गर्दै रवि लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । सामजिक सञ्जालमामार्फत लामिछानेले आज बस्ने पार्टीको बैठकले ठोस निर्णय लिने र लगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जनाएका हुन् ।

उनले लेखेका छन्-‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ ।’

पार्टीले सरकारमा सहभागी हुन प्रधानमन्त्रीलाई दुई दिने अल्टिमेटम दिएको थियो । पार्टीको शनिबार राति बसेको आकस्मिक बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि बैठक बस्दैछ । सर्वोच्च अदालतले नागरिकता मुद्दामा उनलाई अनागरिक ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्रीबाट उनी हट्नुपरेको थियो। तर रास्वपाले गृहमा आशक्ति देखाइरहेको छ।

प्रतिक्रिया