नयाँ बसपार्क समितिको ब्याडमिन्टन प्रतियोगितामा कसले मार्यो बाजी ?

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितिद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सो संस्थाको ‘तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९’ ।

गत बिहीबार सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष सुवास अस्लामी थापा मगरको अध्यक्षता र केन्द्रीय वरिष्ठ उपाध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगीतामा उपत्यका समन्वय समिति (निर आले मगर र डोलराज बारघरे, प्रथम भएका भने केन्द्रीय समिति (कृष्ण रेउले र ईश्वरी पन्त) दोस्रो तथा उपत्यका समन्वय समिति (रमेशबाबु थापा र साधुरामा रोका) र सुन्धारा समिति (चेतन गोतामे र युवराज गुरुङ) तृतिय भएका थिए ।

कार्यक्रममा केन्द्रीय निवर्तमान अध्यक्ष बद्री पंगेनी, केन्द्रीय उपमहासचिव शिब हमाल, केन्द्रीय सचिवहरु कृष्ण रेउले, हरि डाँगी, केन्द्रीय सदस्यहरु पिएन सापकोटा, राजकुमार रायमाझी, उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापा, उपत्यका समन्वय समितिका निवर्तमान अध्यक्ष सुजन लम्साललगायत कलाकारहरुको सहभागीता रहेको थियो ।

ब्याडमिन्टन प्रतियोगितामा १६ समूहले भाग लिएका थिए । प्रतियोगिता संयोजकको रुपमा सोही समितिका सचिव प्रकाश रसाईली भावुक रहेका थिए । उनले सम्पूर्ण प्रतियोगीले आफ्नो स्थानबाट राम्रो खेल खेलेको बताए । तीमध्यबाट राम्रा खेलाडीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेको जानकारी दिए ।

सो अवसरमा नयाँ बसपार्क समितिका संस्थापक संयोजक एवं वर्तमान उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापालाई नयाँ बसपार्क समितिको प्रमुख संरक्षक र बसपार्क समितिका पूर्वअध्यक्ष तथा उपत्यका समन्वय समितिका सचिव रमेशबाबु थापालाई संरक्षकको रुपमा नियुक्त गरी प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

प्रतियोगितालाई नेपाली रेडियो नेटवर्कमार्फत देशैभरका एफएम स्टेशनहरुबाट राजकुमार रायमाझीको साथमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रतिक्रिया