मोबाइल बैंकिङ ह्याक गरी रकम निकालेकाे आरोपमा ८ जना पक्राउ

काठमाडौं । अरुको बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन् । ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एसिया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेश कुमारलाई काठमाडौं र मकवानपुरका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए ।

उनीहरुको साथबाट नौ थान मोबाइल, १ थान ल्यापटप र ५ थान एटीएम कार्ड पनि बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो । पक्राउ परेका ८ जनामाथि बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया