परराष्ट्र मन्त्री पौड्यालसँग विभिन्न देशका राजदूतको भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालले आज नेपालका लागि अष्ट्रेलिया, स्वीटजरल्याण्ड र दक्षिण कोरियाका राजदूतहरुसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गरेकी छन् ।

मन्त्री पौड्याल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरबीचको शिस्टाचार भेटमा नेपालमा स्वीस विकास कोपरेशनअन्तर्गत सञ्चालित कार्यक्रमका साथै दुई देशबीचको सहकार्यका विषयमा छलफल भएको हो ।

त्यसैगरी पराराष्ट्र मन्त्री पौड्यालले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकसँग पनि शिस्टाचार भेटवार्ता गरिन् ।

उनीहरुको भेटमा ती देशहरुबीच आपसी सम्बन्ध सहकार्य र सहयोगबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया