पर्वत । कुश्मा नगरपालिका– ८ चुवामा हुने विकास निर्माणका काम गुणस्तरीय र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारकै हनुपर्ने भन्दै वाडका राजनीतिक दलका नेता, समाजसेवी, जनप्रतिनिधहरु फिल्डमा खटिने गरेका छन् ।
ठेकेदारमार्फत निर्माण हुने सडक, नाली, पुल, पुलेसा एक वर्ष पनि नटिक्ने समस्याले आजित भएर गुणस्तरीय निर्माणमा लापरबाही नहोस् भन्ने उद्देश्यले उनीहरु फिल्डमै खटिएका हुन् । बिहान काम सुरु हुने समयदेखि बेलुकासम्म खटिने गरेको नेपाली कांग्रेसका वाड सभापति लक्ष्मण पौडेलले बताए ।
ठेक्का पाउन न्यून रकम कबोल गर्ने र निर्माण सामग्री कमसल प्रयोग गर्ने पाइकााले अब त्यसतो हुन नदिन इन्जिनियरले गरेको इस्टिमेट अनुसार कति बालुवा, सिमेन्ट, छड, गिटी छ सोही अनुसारको गराउन आफू दिनरात राजमार्गदेखि स्वास्थचौकि सम्मको ढालान हनु लागेको वाटोमा खटिने गरेको नेकपा एमालेका वाडध्यक्ष कुलप्रसाद पोखरेले जानकारी दिए ।
यसरी राजनीतिक दल, समाजसेवी, जनप्रतिनिधिको रोहवरमा बनेका सडक, खानेपानी, नालीमा गुणस्तरमा कुनै गुनासो नआएको वाडध्यक्ष सुरेन्द्र केसीले बताए ।
प्रतिक्रिया