रिता र तुल्सीको आवाजमा ‘बसौँन तिमि र म’ सार्वजनिक

काठमाडौं । लोक तथा आधुनिक गायिका रिता केसी र गायक तुल्सी शिवाकोटीको युगल आवाजमा आधुनिक गीत ‘बसौँन तिमि र म’ बजारमा आएको छ ।

बेलाबखत केही फरक–फरक गीत ल्याइराख्ने गायिका केसीले अहिले पनि गायक शिवाकोटीसँग सहकार्य गरेर उक्त आधुनिक गीत बजारमा ल्याएको बताइन् ।

मंगलबार ‘तुल्सी शिवाकोटी अफिसियल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा शब्द लेखन र संगीत रवि मल्लको रहेको छ भने दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन् ।

त्यसैगरी उक्त गीतको भिडियोमा मोडल विकाश लामिछाने र अलिया अधिकारीले अभिनय गरेका छन् । केशवराज भट्टले निर्देशन गरेको सो भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् भने दिनेश शाहले सम्पादन गरेका छन् ।

माया प्रेमको भावलाई गीतको शब्दमार्फत उठान गरेर उक्त गीत र भिडियो बजारमा ल्याएको गायिका चिताले सुनाइन् । साथै, उनले भिडियोमा पनि माया प्रेमकै भाव चित्रण गरेको बताइन् । यसपछि पनि अर्को गीत ल्याउने तयारीमा रहेकोसमेत गायिका केसीले जानकारी दिइन् ।

प्रतिक्रिया