जयपृथ्वी नगरपालिकामा चोरी नियन्त्रण गर्न सीसी सीसीटिभी जडान

बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिकाले सदरमुकाम चैनपुर बजारमा हुने गरेका अपराधिक क्रियाकलाप र चोरी नियन्त्रण गर्न सीसीटिभी क्यामरा जडान गरेको छ ।

सदरमुकाम चैनपुरमा दिनहुँ अपराधिक क्रियाकलाप र चोरीका घटनाहरु दिनप्रतिदिन बढ्न थालेपछि नगरपालिकाको आर्थिक सहयोगमा चैनपुर बजारका मुख्य–मुख्य ठाँउमा सीसीटिभि क्यामरा जडान गरेको हो ।

करिब ६ लाख ५० हजार लगानीमा चैनपुर बजारभित्र छिर्ने मुख्य ६ ठाँउ पानकोट पुल, पक्की पुल, डुङ्ग्री झोलुंगे पुल बाहुली गाड झोलुंगे पुल, क्याम्पस रोड जिल्ला प्रशासन गेट, लोकतान्त्रीक चौराह सुर्मादेवी मन्दिर अगाडि र रिङरोडलगायत चैनपुर बजारका १६ स्थानमा सीसीटिभी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका कार्यालयले जनाएको छ ।

सदरमुकाम चैनपुरको शान्ति सुरक्षाको संवेदनशिलतालाई मध्यनजर गरी जडान गरिएको उक्त क्यामराको कन्ट्रोल जिल्ला प्रहरी कार्यलय बझाङमा रहेको र यसले गर्दा बजारमा हुने अपराधिक क्रियाकलाप केही हदसम्म नियन्त्रण हुने जिल्ला प्रहरी कार्यालय बझाङका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

सीसीटिभी क्यामरा जडान भएपछि डिउटीमा खटीएका प्रहरीहरको पनि निगरानी हुने र प्रहरीहरुलाई कन्ट्रोल रुमबाट नै निगरानी गर्न सकिने, नागरिकलाई सार्वजनिक स्थानमा गलत कार्य नगर्न सचेत गराउने तथा बजारमा हुने गरेका जुनसुकै घटना सीसीटिभीले रेर्कड गर्ने भएकाले प्रहरीलाई घटनाको अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन सहज हुने प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

सदरमुकाम चैनपुर बजारमा यसअघि दैनिक चोरीका घटनाहरु दिनानुदिन बढ्दै गएका थिए । बजारका मुख्य–मुख्य ठाँउमा सीसीटिभी क्यामरा जडान भएपछि बजार क्षेत्रमा हुने गरेका सबै खालका अपडेड जिल्ला प्रहरी कार्यालयमा हुने र यसले बजार क्षेत्रमा हुने सबै खालका घटनाहरु कम हुने स्थानीयहरुले अपेक्षा लिएका छन् ।

प्रतिक्रिया