आज बस्ने प्रतिनिधिसभा बैठकको यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । उक्त बैठक दिउँसो १ बजे बस्ने छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने कार्यसूची रहेको छ ।

प्रतिक्रिया