क्रिकेट संघले गर्यो सन्दिप लामिछानेमाथि निलम्बन फुकुवा

काठमाडौं । बलात्कारको आरोपमा थुनामा परेका नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको गरेको निलम्बन फुकुवा गरेको छ ।

मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बैठकले पूर्वकप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिन अघि मात्र उच्च अदालत पाटनको सर्तसहित धरौटीमा रिहा भएको केही समय पछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै लामिछानेलाई पुनः क्रिकेट मैदानमा फर्कने बाटो खुलेको छ । गत भदौ २३ मा क्यानले किशोरी बलात्कारको आरोप लागेपछि लामिछानेलाई निलम्बन गरेको थियो ।

प्रतिक्रिया