रवि लामिछाने नागरिकता लिन आज जिल्ला प्रशासन जाँदै

काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछाने नागरिकता लिन आज जिल्ला प्रशासन कार्यालय जाँदै छन् ।

नागरिकता विवादमा शुक्रबार सर्वोच्च अदालतले उनलाई अनागरिक भएको फैसला गरेपछि आज नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका हुन् ।

गृह मन्त्रालयका अनुसार उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका छन् । लामिछाने आज बिहान नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जाने बताइएको छ ।

जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेवारे जिज्ञासा राखेको थियो ।

प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नु भनी समन्वय गरेको छ ।

प्रतिक्रिया