सबै सरकारी वेबसाइट एकैपटक डाउन

काठमाडौँ । शनिबार नेपाल सरकारका सबै सरकारी वेबसाइट एकैपटक डाउन भएका छन् । नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरु एकैपटक डाउन भएका हुन् । सरकारी मन्त्रालय, विभाग, प्राधिकरण लगायत सम्पूर्ण सरकारी संस्थान तथा विभागहरुको वेबसाइटमा समेत समस्या देखिएको छ । नेपाल टेलिकम, एनसेल र ब्रोडब्याण्ड इन्टरनेटमा समेत वेबसाइट खुलेका छैनन् । ‘जीओभी डट एनपी’ डोमेनमा रहेका सम्पूर्ण वेबसाइट खोल्दा ‘This site can’t be reached’ देखाउँछ ।

प्रतिक्रिया