रहेनन् लोकदोहोरी गायक भीम पौडेल

काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको स्याङ्जास्थीत आफ्नै निवासमा निधन भएको बताइएको छ । केही महिना अघिदेखि मिरामी भएर आफ्नै घरमा आराम गरिरहेका गायक पौडेलको निधन भएको हो ।

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले गायक पौडेलको निधन भएको बताए । दर्जनौँ गीत गाएर उनी चर्चित बनेका थिए । खासगरी उनले प्रत्यक्ष लाइभ दोहोरीमा राम्रो छाप छोडेका छन् ।

दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका उनको शरीरमा रगतको कमी भएको जनाइएको छ । रक्तअल्पताको कारण उनी दुई महिनादेखि बिरामी थिए ।

उपचाररत उनी केही त्यसयता घरमै आराम गरिरहेका थिए । पौडेलको पार्थिव शरीरलाई शुक्रबार पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

प्रतिक्रिया