मेयरकै कार्यकक्षमा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै प्रेस चौतारीको आपत्ति

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको कार्यकक्षमै पत्रकारमाथि दुरव्यवहार भएको घटनाप्रति प्रेस चौतारी नेपाल मकवानपुर शाखाको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । हेटौँडा उपमहानगरपालिका कार्यालयमा हेटौंडा -५ पिप्लेका युवाहरुले २०७९ साल जेठ १९ गतेदेखि सञ्चालित स्थानीय तह सहिद स्मृति चौथो मकवानपुर फुटबल प्रतियोगितामा अस्वभाविक खर्च देखाएको विषयमा ज्ञापन—पत्र पेस गर्ने कार्यक्रममा समाचार संकलन गर्न पुगेका प्रहर खबरका सम्बाददाता एवम् प्रेस चौतारी मकवानपुर शाखाका सदस्य संजिव सुनारमाथि दुर्व्यवहार भएको प्रेस चौतारीले जनाएको छ ।

विज्ञप्ति जारी गर्दै प्रेस चाैतारीले भनेको छ, ‘हरेक घटनाको सत्य,तथ्य सुचना पाउने जनताको अधिकार हो । उक्त अधिकारको रक्षा गर्न र सत्य तथ्य सुचना संकलन गर्न जादाँ पत्रकार माथि मेयर लामाको सचिबालयका कर्मचारीले कस्को आदेशले भिडियो खिचिएको भन्दै दुर्व्यवहार गर्नुले स्वतन्त्र प्रेस माथि अंकुश लगाउन खोज्ने अराजकता प्रस्तुत भएको छ । मेयर लामाकी स्वकीय सचिव रुपा बिडारी सहितको टोलीले दुर्व्यवहार गरेको हो । बिडारीले आफुपनि पहिला पत्रकार भएको भन्दै सो खिचिएको भिडियो डिलेट गर्नका लागि आदेश दिदै दुर्व्यवहार गर्नुले स्वतन्त्र पत्रकारिता र लोकतन्त्रको उपहास भएको छ । त्यसैले प्रेस चौतारी नेपाल मकवानपुर उक्त घटनाको घोर निन्दा एव् भत्सना गर्दै खेद प्रकट गर्दछ ।’

प्रतिक्रिया